२७ असोज, काठमाडौं ।

भारतीय अखबार दैनिक जागरणले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको भरोसा रहेको भन्दै हेडलाइन बनाएको छ ।

भारतले मन नै नपराएका कोइराला कसरी बने ‘भारत परस्त’

ओलीलाई प्रधानमन्त्री बनाउन कट्टर बामपन्थीहरुले पनि सहयोग गरेको तर ओलीको नेतृत्वमा बनेको सरकारले भारत नेपालबीच उत्पन्न तनाव कम गर्ने अपेक्षा गरिएको यो समाचारपत्रको भनाइ छ ।

Oli in Indian Media

ओलीले यस अघि पनि भारतसँग सम्बन्ध सुद्धृढ गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उक्त अखबारले भारतीय प्रधानमनत्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा भएका विभिन्न सम्झौताका लागि समेत ओलीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।

ओली प्रधानमन्त्री भएपछि भारतीय मिडिया

नेपालका सबै दलहरुले भारतको कुरा बुझ्न थालेको दावी गर्दै उक्त अखबारले ओलीले वर्तमान संकट समाधान गर्न सक्छन् भन्ने भरोसा भारतलाई रहेको जनाएको छ ।

नेपालको मन्त्रीपरिषदले भारतको सुझाव मानेर संविधान संसोधनको विधेयक अघि बढाएको र आगामी दिनमा भारतका अन्य सुझाव समेत मानिने अपेक्षा समेत समाचारमा गरिएको छ ।

भारतीय नाकाबन्दी विरुद्ध कडा अभिब्यक्ति दिएका र भारतीय प्रधानमन्त्रीका दुतलाई समेत निराश बनाएर फर्काएका ओली भारतविरोधी उम्मेदवारकोरुपमा प्रधानमन्त्री चुनिएपनि ओलीमाथि भारतीय भरोसा सुशील कोइराला भन्दा बढी रहेको खुलासा यो पत्रिकाले गरेको छ ।