१७ माघ, काठमाडौं ।

प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमण तय भैसकेको भनिएको बेला अझै पनि उनी पहिला चीन जान्छन् कि भारत भन्ने अन्यौल देखिएको छ । नेपालमा मात्र होइन भारतीय मिडियाले समेत यो विषयलाई प्राथमिकता दिएका छन् ।

कतिपय भारतीय मिडियाले प्रधानमन्त्री ओली भारत भन्दा पहिले चीन जान सक्ने भन्दै हेडलाइन समाचार बनाएका छन् ।

Oli India or China Indian Media reacton

प्रधानमन्त्री ओलीले नाकाबन्दी नखुले सम्म आफू भारत नजाने बताएका थिए । तर पछिल्लो समयमा उनको भारत भ्रमणको तयारी तीव्ररुपमा अघी बढिरहेको छ ।

भारतीय मिडियाले एमालेका प्रचार समितिका प्रमुख सूर्य थापालाई उद्धृ गर्दै नाकाबन्दी नहटे ओली चीन जान सक्ने भनेको छ ।

किन जसरी पनि दिल्ली जान चाहन्छन् प्रधानमन्त्री ?

नाकाबन्दी खोल्ने आश्वासन पाएपछि संविधान संशोधन गर्न तयार भएका प्रधानमन्त्री केपी ओलीले त्यसपछि पनि नाका नखुलेपछि नाका नखोली भारत भ्रमण नगर्ने बताएका थिए । संविधान संसोधन लगत्तै भारतले दुई लाइनको विज्ञप्ती जारी गरेर संशोधनको स्वागत गरेपनि मुख्य नाका खुल्न सकेको छैन । ओलीको अडान बारे भारतीय विदेशमन्त्रालयले अनविज्ञता प्रकट गर्दै ओली जे जसो भएपनि छिट्टै भारत आउने जानकारी पाएको रुखो प्रतिक्रिया दिएको छ ।

भ्रमणकै तयारी स्वरुप अर्थमन्त्री विष्णु पौडेल दिल्ली जाँदैछन् ।