१७ असोज, काठमाडौं ।

भारतले नाकाबन्दी गरिरहेको समयमा राष्ट्रसंघ महासभालाई संवोधन गर्न पुगेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले भारतलाई उल्टै धन्यवाद दिएपछि नेपालमा ब्यापक चर्चा भएको थियो ।

नाकाबन्दी लगाएको भारतलाई राष्ट्रसंघमा नेपालले दियो धन्यवाद

भारतले लगाएको नाकाबन्दीको विषयमा चुइँक्क नबोलेका उपप्रधानमन्त्रीले भूकम्पको समयमा गरेको सहयोगका लागि भारतलाई धन्यवाद दिएका थिए ।

Prakash Man Sambodhan at UN

राष्ट्रसंघ महासचिव बान कि मुनसँग भेट्दा उनको बक्तब्यको बारेमा असन्तुष्टी जनाएका सिंहले महासभाको संवोधनमा भारतीय नाकाबन्दीबारे भने बोलेका थिएनन् ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाको हिन्दी भर्सन नवभारत टाइम्सले नेपालले भारतीय दादागिरीविरुद्ध राष्ट्रसंघमा उजुरी गरेको उल्लेख गरेको छ । उपप्रधानमन्त्री सिंहले राष्ट्रसंघमा सम्बोधन गरेको तस्विर प्रकाशित गर्दै उक्त अखबारले नेपाल भारतविरुद्ध उजुरी गर्न राष्ट्रसंघ सम्म पुगेको हेडलाइन बनाएको छ ।

Navabharat times on DPM Singh

प्रकाशमान सिंहको प्रतिनिधि मण्डलले महासचिव बान कि मुनलाई भेटेर भारतविरुद्ध उजुरी गरेको उल्लेख छ ।