२ असोज, हुम्ला ।

राजदुुत मन्जिभसिंह पुुरी आज एक्कासी विकट हिमाली जिल्ला हुुम्ला पुगेका छन् । उनी दुुई घण्टाका लागि हुम्ला आएका हुन् ।

नेपालगंजवाट हवाई जहाजमा सिमकोट आए लगत्तै हेलिकोप्टरमा हिल्सा गएका राजदुुत पुुरीले नेपाल र चीनको सिमाना हिल्सामा केही समय अवलोकन गरेका थिए । सो क्रममा हिल्साको हेलिप्याड, होटेलको वारेमा पनि उनले जानकारी लिएको बताईएको छ ।

अनौपचारिक टेलिफोनमा जानकारी गराएर हुुम्ला आएका राजदुुत पुुरीले हिल्सावाट फिर्ता भएपछि हुम्लाका लागि भौतिक पुुर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएको सिमकोट गाँउ पालिकाका प्रमुुख पदम बहादुुर लामाले जानकारी दिए ।

करिव एक घण्टा सिमकोट विमान स्थलमा हवाई जहाज कुुर्ने क्रममा राजदुुत पुुरीलाई जिल्लामा भौतिक पुुर्वाधार विकासका लागि सहयोग गर्न आग्रह गर्दा उनले सहयोगको प्रतिवद्धता व्यकत गरेको अध्यक्ष लामाले बताए ।

भौतिक पुुर्वाधार विकासका लागि प्रस्तावना बनाएर राजदुतावासमा पेश गर्न आग्रह गर्दै राजदुुत पुरीले त्यसपछि पिछडिएका जिल्लामा सहयोग गर्न दुतावास तयार रहेको बताए ।

हुुम्ला आएको दुुई घण्टापछि राजदुुत पुुरीको टोली समिट एयरमा जिल्लाबाट फिर्ता भएको थियो । हुम्ला जिल्लामा यसअघि भारतीय आर्थिक सहयोगमा सर्केगार्ड गााउपालिकाको वडा नम्वर १ को सरस्वती माविमा पुुस्तकालय भवनको निर्माण कार्य भईरहेको छ । उनी त्यहाँ किन गएको भन्ने केही खुलाएका छैनन् ।