काठमाडौँ, १६ साउन । भारतीय राजदूत सन्जिभ सिंह पुरीको सम्मानमा धर्मकीर्ति विहार, नःघलले आज एक कार्यक्रमको आयोजना गर्यो ।

सो अवसरमा राजदूत सिंहले दुई मुलुकबीच जनस्तरमा मात्र नभई सांस्कृतिक सम्बन्ध पनि सदिँयौंदेखि प्रगाढ रहँदैआएको बताए ।

धर्मकीर्ति विहार र भारतीय राजदूतावासबीच रहँदै आएको सहयोगात्मक सम्बन्धलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने वचनबद्धता उनले प्रकट गरे  ।

विहार प्रमुख अनगारिका धम्मावतीले धर्मकीर्ति विहारलाई भारत सरकारबाट प्राप्त भइआएको सहयोग आउँदा दिन पनि जारी रहने विश्वास व्यक्त गर्दै राजदूत सिंहको सुस्वास्थ्यको कामना गरे ।

राजदूत सिंहलाई विहारका तर्फबाट अनगारिका धम्मावतीले ‘मायाको चिनो’ पनि प्रदान गरेका थिए । रासस