२७ साउन, एजेन्सी।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी भारत तिरबाट सल्लाह र सुझाव आउने क्रम जारी छ।

फाइल तस्बिर

फाइल तस्बिर

उनलाई भारतीय सरकारले आधिकारिक च्यालनबाट आफ्ना चाहनाहरु त जानकारी गराएकै होला, राजनैतिक वृतमा यस्तै चर्चाहरु छन्।

भारतीय पत्रकार -लेखकले पनि निरन्तर भारतीय चाहनाहरु अभिव्यक्त गर्दै आएका छन।

मैले जोखिम पूर्ण अवसर पाएको हो- प्रचण्ड

यसैक्रममा दक्षिण भारतीय लेखकी पत्रकार सुधा रामचन्द्रनले हङकङमा प्रकाशति हुने एसिया टाइम्समा लेख्दै प्रचण्डलाई सुझाएकी छिन-प्रचण्ड चिनियाको चंगुलबाट उम्किनु पर्छ।

सात वर्ष पछि प्रचण्डले पाएको दोस्रो मौका पहिलो भन्दा कम चुनौतीको नभएको साथै उनी नौ महिना सरकारमा रहने सम्झौता कांग्रेससंग भएको सुधाले लेखेकी छिन्।

प्रचण्डको राजनीतिक सल्लाहकारमा बलदेव

मधेशी र जनजातीको मुद्धा प्रचण्डको पहिलो प्राथमिकता भन्दै संविधानको संसोधन संगै सिमाकंन टुङ्ग्याउनु पर्ने, मधेशमा मारिएकालाई शहिद घोषणा अनि घाइतेलाई निशुल्क उपचार गरिनुपर्ने आदीमा प्रचण्डले ध्यान दिनुपर्ने लेखिएको छ।

प्रचण्डको अगाडी भारतसंगको सम्बन्ध सुधार्ने कठिन काम बाँकी छ। नाकाबन्दी हुँदा ओली सरकारको ‘एन्टी-इन्डिया सेन्टिमेन्ट’, मधेशको समस्या अनि चीनसंगको सम्बन्धले भारत चिढिएको छ। भारतसंगको सम्बन्ध सुधार्न चीनको चङगुलबाट उम्कनुपर्ने प्रचण्डलाई सुझाव दिइएको एसिया टाइम्समा छापिएको छ।