५ असोज, एजेन्सी ।

भारत प्रशासित कश्मिरको उरीका भएको आक्रमणमा १७ भारतीय सैनिक मारिएपछि भारतीय सेनाले पाकिस्तानलाई यसको कडा जवाफ दिइने बताएको छ ।

सिद्धु पाजीले छोडे कपिल शर्माको शो, कारण यस्तो

पाकिस्तानलाई मुखभरीको जवाफ दिने भन्दै भारतीय सेनाले आक्रमणको समय र स्थान आफूले तय गर्ने पनि बताएको छ ।

indian army colonel

भारतीय सेनाका डीजीएमओ लेफ्टिनेन्ट जनरल रणबीर सिंहले सेनाको तर्फबाट जारी गरेको बयानमा भनिएको छ, “अब हामी तय गर्नेछौं कि कस्तो जवाफ दिने । यसको जवाफ समयसँगै दिइने छ । हामीसँग पुरै क्षमता छ ।”

उरी आक्रमणकारीहरुको खोजी अभियान पुरा भैसकेको भन्दै आक्रमणकारीहरुबाट पाकिस्तानमा बनेको हतियार बरामद भएको जानकारी पनि उनले दिएका छन् ।

माधव नेपालले भने- पार्टी विभाजन नगरिहालौं भनेर मात्रै हो…

खोजीका क्रममा घुस पैठ गर्न खोज्ने ११० आतंकबादी मारिएको भन्दै ती मध्ये ३१ जना लाइन अफ कन्ट्रोल पार गर्न खोज्दा मारिएको उनले बताएका छन् ।

२ दिन अघि जम्मु कश्मिरको उरीमा आतंकबादीले भारतीय सेनाको ब्रिगेड हेडक्वार्टरमा आक्रमण गरेका थिए । यो आक्रमणमा १७ जना सेना घटनास्थलमै मारिएका थिए भने अर्का एकको उपचारका क्रममा निधन भएको थियो ।

भारत र पाकिस्तानबीच युद्धको सम्भावना कति ?

भारतीय सेनाले अव पाकिस्तानी भूमिमा पसेर त्यहाँ तालिम लिइरहेका आतंकबादीका शिविरमा आक्रमण गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसो गर्दा युद्धको अवस्था आउन सक्ने भएका कारण भारतीय सेनाले सीमा क्षेत्रबाट मोर्टार आक्रमण गरि पाकिस्तानी तालिम शिविरहरु ध्वस्तपार्न सक्ने अनुमान गरिएको छ । यसो गर्दा पनि पाकिस्तानबाट जवाफी आक्रमण भएमा २ देश पुनः युद्धमा प्रवेश गर्नेछन् ।