२९ असार,काठमाडौं । एकिकृत नेकपा माओवादीले संविधानको मस्यौदा माथि सुझाव संकलनका क्रममा सबै जिल्लामा कम्तिमा १-१जना सभासदलाई पुग्न निर्देशन दिएको छ । बिहान सिंहदरबारमा बसेको संसदिय दलको बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले यस्तो निर्देशन दिएका हुन ।

बैठकले मस्यौदामा समेटिएका उपलब्धि र पार्टिका असहमतिका विषयहरु जनता सामु स्पष्ट राखेर सुझाव संकलनमा सक्रिय सहभागि हुने निर्णय गरेको मुख्य सचेतक गिरीराजमणि पोखरेलले जानकारी दिए ।

Prachanda relax moodसबै गाउँ, जिल्ला र राज्य समितीहरुलाई सुझाव संकलन कार्यमा आआफ्नो क्षेत्रबाट सकृय सहभागि हुन परिपत्र पनि गरिने भएको छ । सभासदहरुलाई जनताले दिएका सुझावलाई यार्थात रुपमा ल्याउन पनि निर्देशन दिए ।

बैठकमा सबै सभासदलाई अहिले संविधान निमार्णमा गम्भिर भएर लाग्न निर्देशन दिदै संविधान निमार्ण भएपछि पार्टि निमार्णमा लाग्नुपर्ने अवस्था रहेको प्रचण्डले बताएका पोख्रेलले जानकारी दिए ।