२० असोज, एजेन्सी ।

भारत राजस्थानको जैसलमेर सोनारको आकाशमा ड्रोन देखिएपछि आतंक मच्चिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त ड्रोन कुनै फोटो ग्राफरले प्रयोग गरेको भएपनि आतंकबादीले आक्रमण गर्न लागेको भन्दै मानिसहरु भाग दौड गरेको समाचारमा जनाइएको छ ।

१०० आतंकबादीको साथ लिएर भारतमा आक्रमण योजना- भारतीय मिडिया

यद्यपी ती फोटोग्राफर भने पुलिसले अनुसन्धान गर्न खोज्दा भागेपछि त्याहाँ थप तनाव भएको थियो । आतंकबादीहरुले प्रयोग गर्न सक्ने भन्दै केही दिन यता भारतमा प्याराशुट, प्यारा ग्लाइडर र ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।

drone

उता भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाकिस्तानले १ सय आतंकबादीको साथ लिएर भारतमा आक्रमण गर्ने योजना बनाइरहेको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विश्वका कुन देशका राष्ट्राध्यक्षले खान्छन् सबैभन्दा बढी तलव? ११ राष्ट्राध्यक्षको तलव यस्तो

प्रधानमन्त्री नरेन्द्र मोदी सहितको सुरक्षा बैठकमा डोभालले यस्तो योजनाको खुलासा गरेको समाचारमा जनाइएको छ । पाकिस्तानले भारतमा आक्रमण गर्नका लागि १०० आतंकबादी तयार गरिरहेको समेत अजित डोभाललाई उद्धृत गर्दै सार्वजनिक रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानबारे अजित डोभालको रिपोर्टिङ लगत्तै पाकिस्तानसँग सीमा जोडिएको माछिल, कुपवाडार नौशेरामा पाकिस्तानी साइडबाट फायरिङ भैरहेको सञ्चार माध्यमले जनाएका छन् ।

केजरीवालमाथि सर्जिकल स्ट्राइक गर्नु पर्छ- राम गोपाल बर्मा

उता भारतमा प्याराशुटबाट आतंकबादीहरुले आक्रमण गर्ने सूचना त्यहाँको गुप्तचरले दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको इन्टेलिजेन्स ब्युरोले भारतीय सुरक्षा बललाई अव पाकिस्तान समर्थित आतंकबादीहरुले प्यारा ग्लाइडर वा प्याराशुटमा आएर आक्रमण गर्ने सम्भावना रहेको भन्दै सचेत गराएको समाचारमा उल्लेख छ ।

शुत्रलाई हवाला दिँदै भारतीय सञ्चार माध्यमले जनाए अनुसार सीमावर्ती इलाकामा प्यारा ग्लाइडर र प्याराशुटमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा सक्रिय आतंकबादी संगठन लश्कर-ए-तोइवाले यस्तो आक्रमणको तयारी गरिरहेको भारतीय सुरक्षा श्रोतको दावी छ ।