२९ मंसिर, एजेन्सी ।

जापान र भातरले दक्षिण चाइना सागरको विषयमा गरेको संयुक्त टिप्पणीप्रति चीनले आपत्ति जनाएको छ । भारतले साउथ चाइना सागरको विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै चीनले भारतसँग रोश प्रकट गरेको हो ।

चीनको विदेश मन्त्रालयले यसलाई भारतीय हस्तक्षेपको सज्ञा दिएको छ । चीनले दक्षिण चीन सागरमा भारत र जापानको कुनै चासो नरहेको भन्दै यस विषयमा चासो नराख्न चेतावनी दिएको हो ।

china president with modi

साउथ चाइना सागरमा समुन्द्री क्षेत्रको विषयलाई लिएर चीन, भियतनाम, कम्बोडिया, मलेशिया लगायतका देशबीच तनाव रहँदै आएको छ ।

चीन र नेपालबीच थप नाका खोल्ने सहमति भएपछि भारतीय मिडियामा तरंग

जापानी प्रधानमन्त्री सिन्जो अबेको भारत भ्रमणको समयमा निकालेको संयुक्त विज्ञप्तिमा साउथ चाइना सागरको विषयमा पनि उल्लेख छ ।

चीनले भारतलाई भन्यो- चीन विरोधीसँग साँठगाँठ नगर !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष प्रधानमन्त्री भएलगत्तै जापानको भ्रमण गरेका थिए ।