२ चैत, एजेन्सी ।

टी-२० विश्वकप आज देखि भारतमा शुरु हुँदैछ । भारत र पाकिस्तान सहित यो प्रतियोगितामा १० देशको सहभागिता छ ।

सबैभन्दा चीर परिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको खेल सबैले प्रतिक्षा गरिरहेका छन् ।

यसैबीच पाकिस्तानकी चर्चित अभिनेत्री कन्दिल बलोचले भारतलाई पाकिस्तानलाई हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गरेकी छिन् । उनले आफ्नो भिडियामा भारतलाई हराउन खेलाडीहरुलाई अपिल पनि गरेकी छिन् ।

pakistani actress Qandeel Baloch

कन्दिल बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा आफू कपडा खोलेर सबैको अगाडी नाच्न तयार रहेको उनको भनाइ छ ।

उनले पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई नग्न नृत्य समर्पित गर्न चाहेको बताएकी छिन् ।

उनले भिडियोमा भनेकी छिन्, “मेरो प्यारो शाहिद अफ्रिदी, केवल एक पटक भारतलाई हराइदेउ प्लिज, तिमी जे भन्छौ म त्यही गर्न तयार छु, जे गर्न पनि तयार छु तर यस पटक भारतलाई हराउनु नै छ” ।

कन्दिलले आफ्नो भिडियोमा १८ मार्च भनेको भएपनि पाकिस्तान र भारतबीचको खेल १९ मार्चमा हुँदैछ । उनले अहिले नै फेसबुकमा सेमि न्यूड भिडियो समेत पोष्ट गरेकी छिन् ।

मोदीलाई ‘डार्लिङ’ भन्दै पाकिस्तानी अभिनेत्रीको चेतावनी (भिडियो सहित)

बलिउडका अनौठा लभ अफेयर (फोटो फिचर)