१३ माघ, तिलोत्तमा (रुपन्देही)।
सिद्धार्थ राजमार्गअन्तरगत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा भिरबाट खसेको ढुङ्गाले लागेर एकजनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो बुटबलबाट सामान लिएर तम्घास जाँदै गरेको लु १ च ६३९५ नम्बरको जीपमा सवार गुल्मी दिगाम–५ का २७ वर्षीय नारायण खनालको ज्यान गएको हो ।

ढुङ्गाले लागेर गम्भीर घाइते खनालको उपचारका क्रममा बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको हो । जीपमा सवार अरु दुईजना भने सकुसल रहेको प्रहरीले जनाएको छ । रासस