१६ असोज, बझाङ ।

भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

पाराकाट्ने गाविस–४ थलाराका ३३ वर्षीय मदन साउद र ७० वर्षीय मनवीर साउदको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रक्सी खाएर घर जाने क्रममा उनीहरु भिरबाट लडेका बताइएको छ । मृतकको शव परीक्षणका लागि भैरवनाथ स्वाथ्य चौकीमा ल्याइएको छ ।