३१ भदौ, बैतडी । भिरबाट लडेर बैतडीमा एक वृद्धको आज मृत्युु भएको छ ।

मृत्यु हुनेमा सुर्नया–६ का ६२ वर्षीय कालु दमाई रहेको प्रहरीले जनाएको छ । स्थानीय खोड्पे बजारबाट घर गइरहेका बेला ढोडे भिरबाट लडेर उनको घटनास्थलमै मृत्युु भएको हो । रासस