१ असार, काठमाडौं ।

नेपालमा गत बैशाख १२ गते भएको विनाशकारी भूकम्पका कारण विश्वसको सर्वोच्च शिखर सगरमाथा ३ सेन्टिमिटर दक्षिण-पश्चिम सर्किएको चिनियाँ विज्ञहरुले जनाएका छन् ।

Mt Everest Nepal

चीनको राष्ट्रिय नक्साङ्कन, सर्वेक्षण तथा भौगोलिक सूचना ब्यूरोले जारी गरेको प्रतिवेदनमा बैशाख १२ को भूकम्पका कारण सगरमाथा ३ सेन्टिमिटर दक्षिण पश्चिम तर्फ सरेको तर उचाइमा भने फरक नपरेको उल्लेख छ ।

सगरमाथा सन् २००५ देखि २०१५ सम्म प्रत्येक वर्ष ४ सेन्टिमिटरका दरले उत्तर पूर्व सरेको समेत दावी उक्त ब्यूरोको प्रतिवेदनमा गरेको छ ।