७ भदौ, काठमाडौं ।

काठमाडौं—विनाशकारी भूकम्पपछि सरकारले पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण खुला गरेको छ। यसपालि शरद ऋतुका लागि सगरमाथा आरोहण अनुमति खुला गरिएको हो।

वैशाख १२ को विनाशकारी भुकम्पपछि रोकिएको सगरमाथाको आरोहण पर्यटन मन्त्रालयले फेरि शुरु गरेको छ । अर्को साताबाट सुरु हुने शरद ऋतुकालीन आरोहणका निम्ति १५ वटा टोलीले सगरमाथालगायत विभिन्न हिमाल आरोहणको लागि दर्खास्त दिएको पर्यटन विभागले जानकारी दिएको छ। ।

Mt. Everest1

अघिल्लो वर्ष हिमपहिरो र यो वर्ष भूकम्पका कारण प्रभावित भएको सगरमाथा आरोहणको अभियानका लागि दुईजना जापानी रहेको टोलीले आइतवार अनुमति पत्र लिएका हुन । त्यससँगै यो वर्ष सगरमाथा आरोहणको अभियान पुन सुरु भएको हो ।

अघिल्लो वर्ष यो ऋतुमा १ सय ८३ वटा टोलीले विभिन्न हिमालहरुको आरोहण गरेको थियो । यो वर्ष भूकम्पपछि पर्यटनका अन्य क्षेत्रमा जस्तै सगरमाथा लगायतका हिमालहरुको आरोहणमा कमि आउने अनुमान गरिएको छ ।

यो वर्ष दर्खास्त दिएका १५ मध्ये सगरमाथा जाने १ सहित अन्य हिमालका लागि ११ वटा टोलीले अनुमति पाइसकेको विभागले जनाएको छ।