२८ बैशाख, काठमाडौं ।

बैशाख १२ को बिनासकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । नेपाल प्रहरीका अनुसार आज सम्म मृत्यु हुनेको संख्या आठ हजार ४६ र घाइतेको संख्या १७ हजार ८ सय ५१ पुगेको छ ।

Bungamati rato machhindra nath mandir

मृतकमध्ये २२ जनाको शव अहिलेसम्म पहिचान हुन सकेको छैन भने अन्य ६६ जनाको पहिचान खुले पनि शव आफन्तलाई बुझाउन बाँकी रहेको छ । भुकम्पका कारण उपत्यका तीन जिल्लामा गरी एक हजार सात सय १७ जनाको मृत्यु भएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ । भुकम्पका कारण नेपाल प्रहरीका ५, नेपाली सेनाका ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जना घाइते भएका छन् । त्यस्तै भुकम्पमा परी नेपाल प्रहरी १ जना, नेपाली नागरिक २५४ र विदेशी नागरिक १११ जना हराइरहेका छन् ।