काठमाडौं ।
भूकम्प गएको आठ महिनापछि सरकारले पुननिर्माण प्राधिकरण विधेयक पारित गरेको छ । आठ महिनाको वितसिक्दा समेत सरकारले भूकम्प पीडितहरुको लागि १५ हजार रुपैयाँ भन्दा बढी राहत उपलब्ध गराएको छैन । सरकारले राहत उपलब्ध गराउन नसकेपछि भूकम्प प्रभावित जिल्लाहरुमा घर निर्माण गर्नको लागि डिजाइन भने सार्वजनिक गरेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले तयार पारेका २० वटा डिजाइन पास भएर कार्यान्वयनमा आएको छ ।

भुकम्प प्रभावित जिल्लाहरुमा घर बनाउने पीडितहकरुले वीस वटा घर मध्येबाट छानेर घर निर्माण गर्न सक्नेछन । दातृ निकायले घर निर्माण गर्दा समेत अनिवार्य रुपमा विभागसंग अनुमति लिएर डिजाइन अनुसारको घर निर्माण गर्नुपर्नेछ । विभागले सार्वजनिक गरेको डिजाइनको घर निर्माणको लागि २ लाखदेखि ३० लाख रुपैयाँसम्म पर्छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेश प्रसाद सिंहले भूकम्प पीडितहरुले घर निर्माण गर्न विभागले सार्वजनिक डिजनाइन अनुसार निर्माण गर्नुपर्ने बताए । उनले भने,‘कुनै पनि दातृ निकायले घर निर्माण गर्न चाहेको अवस्थामा विभागको डिजाइन अनुसार निर्माण गर्नुपर्छ ।’

विभागले तयार पारेको डिजाइनहरु यस प्रकारका छन

नमूना नम्बर १
यो भुइँतला मात्र भएको घर हो । यसमा करिब साढे दुई मिटर चौडाइ र साढे ४ मिटर लम्बाइका दुईवटा कोठा हुन्छन् । त्यस्तै डेढ मिटर चौडाइ र साढे ६ मिटर लम्बाईको बरण्डा हुन्छ । ३ देखि ५ जनाको परिवारका लागि यो घर उपयुक्त हुने बताइएको छ । यस्तो घर बनाउँदा ढुंगाको गारोमा हरेक २–२ फिटमा सिमेन्टको बेस राखिएको छ । यो घर बनाउन २४ घनमिटर ढुंगा, १ सय ४१ बोरा सिमेन्ट र २४ घनमिटर बालुवा, ९ घनमिटर गिट्टी, २.२ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता लाग्नेछ ।

sample building 1 sample building 2 नमूना नम्बर २
यो घर १ देखि ३ जनासम्म सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ । यसभित्र साढे २ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइको एउटा कोठा हुन्छ । २.८५ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइ भएको वरण्डा पनि हुन्छ । यो घर बनाउन २५ घनमिटर ढुंगा, ९२ बोरा सिमेन्ट, १४ घनमिटर बालुवा, ९ घनमिटर रोडा, करिब २ घनमिटर काठ र साढे ३ वण्डल जस्तापाता आवश्यक पर्छ ।

sample building 5

नमूना नम्बर ३
यो दुई तले घर हो । यो घर ४ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुने बताइएको छ । यसमा भुइँतला र माथिल्लो तलामा २–२ वटा कोठा हुन्छन् । यसका कोठाहरु २.६५ मिटर चौडाइ र ४.३ मिटर लम्बाइका हुन्छन् । भुइँतलाको वरण्डा भने डेढ मिटर चौडाइ र ६.३५ मिटर लम्बाइको हुन्छ । यो घर बनाउन ४८ घनमिटर ढुंगा, १ सय ८७ बोरा सिमेन्ट, २९ घनमिटर बालुवा, १० घनमिटर रोडा, साढे ४ घनमिटर काठ र झण्डै ५ बण्डल जस्तापाता खर्च हुन्छ ।

sample building 3

sample building 11

नमूना नम्बर ४
दुई तले घर ३ देखि ७ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ । यसको भुइँतला र माथिल्लो तलामा ३–३ वटा कोठा हुन्छन् । बरण्डा पनि भुइँतला र माथिल्लो तलामा हुन्छ । दुईवटा कोठा ३ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुन्छन् । एउटा कोठा र बरण्डा २.१ मिटर चौडाइ र ३ मिटर लम्बाइको हुन्छ । यो घर बनाउन ७२ घनमिटर ढुंगा, २ सय बोरा सिमेन्ट, ४० घनमिटर बालुवा, १० घनमिटर रोडा, ११ सय ४१ किलो रड, साढे ४ वण्डल जस्तापाता र साढे ४ घनमिटर काठ आवश्यक पर्ने बताइएको छ ।

नमूना नम्बर ५
यो दुईतले घर हो । यो घर ८ देखि १० जना सदस्य भएका परिवारका लागि उपुक्त हुन्छ । यसको दुबै तलामा दुई–दुई वटा कोठा र वरण्डा हुन्छन् । कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका हुन्छन् । वरण्डा भने ७.८ मिटर लामो र १.२१ मिटर चौडाइको हुनेछ । यो घर बनाउन ८६ घनमिटर ढुंगा, ३ सय ११ बोरा सिमेन्ट, ४८ घनमिटर बालुवा, २६ घनमिटर रोडा, १७ सय ९२ किलो रड, करिब ३ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता आवश्यक पर्छ ।

sample building 6

नमूना नम्बर ६
यो पनि दुई तले घर हो । ८ देखि १० जनाको परिवारका लागि लक्षित गरी यसको डिजाइन गरिएको छ । यसको दुई तलामा २–२ वटा कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका हुन्छन् । यसको दुबै तलामा वरण्डा पनि निकालिएको छ । बरण्डाको लम्बाई ७.३ मिटर र चौडाई १.२५ मिटरको छ । यस्तो घर बनाउन ३८ घनमिटर ढुंगा, २ सय ५३ बोरा सिमेन्ट, ४९ घनमिटर बालुवा, ८ घनमिटर रोडा, साढे ५ घनमिटर काठ, साढे ४ बण्डल जस्तापाता र ७ सय ३ किलोग्राम रड आवश्यक पर्ने बताइएको छ ।

sample building 8

नमूना नम्बर ७
यो साढे दुई तलाको घरको नमूना हो । तलका दुईवटा तलामा २.७ मिटर लम्बाई र त्यति नै चौडाइ भएका तीन–तीनवटा कोठा हुन्छन् । भुइँतला र माथिल्लो तलाको बरण्डा ६.५५ मिटर लम्बाई र १.१ मिटर चौडाइको हुनेछ । तेस्रो तलामा पनि केही खाली ठाउँ राखिएको छ । यस्तो घर बनाउन १ सय ३८ घनमिटर ढुंगा, ३ सय ६ बोरा सिमेन्ट, ५९ घनमिटर बालुवा, ११ घनमिटर रोडा, साढे ६ घनमिटर काठ, साढे ५ वण्डल जस्तापाता र ८७८ किलोग्राम रड आवश्यक पर्नेछ ।

sample building 7

नमूना नम्बर ८
यो पनि साढे २ तलाको घरको नमूना हो । भूकम्प प्रतिरोधीहरुका लागि गाउँघरमा नै पाइने सामाग्रीको प्रयोग गर्न मिल्ने गरी बनाइएको डिजाइनमध्ये यो सबैभन्दा महंगो डिजाइन हो । यसमा ढुंगाको गारोमा आरसिसी स्ल्याब राखिएको छ । यसका दुईवटा तलामा दुईवटा कोठा र बरण्डा तथा माथिल्लो तलामा छत छ । यो घरमा कोठाहरु ३.३ मिटर लम्बाई र २.७ मिटर चौडाइका हुनेछन् । वरण्डा पनि ३.३ मिटर लम्बाई र २.१ मिटर चौडाइको हुनेछ । यस्तो घर बनाउन १ सय ३२ घनमिटर ढुंगा ५ सय ४ बोरा सिमेन्ट, ८१ घनमिटर बालुवा, ३१ घनमिटर रोडा, २ घनमिटर काठ र २८१४ किलोग्राम रड आवश्यक पर्दछ ।

sample building 4

नमूना नम्बर ९
यो शहरी विकास तथा भवन निर्माण विभागले अर्को एउटा घरको नमूना पनि बनाएको छ । माटो र ढुंगाको जडानबाट बनाउन सकिने एकतले घरको यो नवौं नम्बरको नमूना हो । यो घरमा तीनवटा कोठा र वरण्डा हुनेछन् । ३ मिटर लम्बाई र ३ मिटर चौडाइका दुईवटा कोठा यो घरमा हुन्छन् । अर्को एउटा कोठा र वरण्डा ३ मिटर लम्बाई र २.१ मिटर चौडाइको बनाउन सकिन्छ । यसमा माथिल्लो तलामा पनि थोरै खाली ठाउँ छ । यो घर बनाउन ५६ घनमिटर ढुंगा, ४१ घनमिटर माटो, साढे ७ घनमिटर काठ र १ सय ६१ वर्ग मिटर स्लेट आवश्यक पर्छ ।

sample building 10

sample building 9

भूकम्पले सिकाएको पाठः घर बनाउँदा भुल्नै नहुने १४ शुत्र

घर बनाउँदा जान्नै पर्ने ९ वास्तु सुचक

घर बनाउँदा यी ५ कुरा ख्याल गर्नुस्