३ असार, विदुर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले भूकम्पले पुराएको क्ष्ँतिलाई नेपालको नवनिर्माण गर्न शुरुवातको विन्दु मान्नुपर्ने वताएका छन् । नेता देउवाले भूकम्पले पुराएको क्षति र शोकलाई शक्तिमा वदलेर नेपालको नवनिर्माणका लागि क्रियाशिलता देखाउने समय आएको बताए ।

Ser bhadur deuba

नेपाली कांग्रेस रुपन्देहीले नुवाकोटको माझिटारस्थित च्वाडि उमाविमा निर्माण गरिदिएको अस्थाई टहरा हस्तान्तरण कार्यक्रममा बोल्दै नेता देउवाले अवको समय नव निर्माणको समय भएको बताए । दलहरुवीच भएको १६ वुदे सहमतीले संविधान छिटै बन्ने वातावरण बनेको छ–वरिष्ठ नेता देउवाले भने ।

संविधान छिटो बनाई देश नव निर्माणको लागि सवै दल, समुह र आम नागरिक क्रियाशिल बन्नु पर्ने उनको भनाइ थियो । उद्धार र तत्कालिन राहत करिव सकिईसकेकोले अव दिर्घकालिन योजना बनाई भूकम्प प्रभावितलाई पुनस्र्थापना गरिनुपर्ने उनले बताए ।

देउवाले भने–अहिले बनाईएका टहरा अस्थाई हुन्, अव सरकारी संरचना मात्र होईन, निजी घरहरु पनि भूकम्प प्रतिरोधी बनाउनु पर्दछ, त्यसका लागि राज्यले सोही अनुसारको निती नियम वनाई सहजीकरण र सहयोग गर्नुपर्दछ ।

नेता देउवाले संविधानका मुख्य विवादित विषयहरु १६ वुदे मार्फत सहमती भईसकेकोले संविधानसभा मार्फत प्रकृयामा गएर संविधान निर्माणको काम तिब्र रुपमा अघि वढिरहेको बताए ।