२६ साउन, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज साँझ ४ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

साँझ ७ बजेर ११ मिनेटमा सेर्माथाङ आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । काठमाडौं निकै ठूलो धक्का महशुस गरेपछि घर भित्र बसेका मानिसहरु अत्तालिएर बाहिर निस्किएका थिए ।

सामाजिक संजालमा मानिसहरुले भूकम्पको ठूलो झड्का महशुस गरेको लेखेका छन् । यसअघि नोभेम्बर २७ मा सिन्धुपाल्चोक केन्द्र भएरै ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।