१० चैत्र, काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा घर निर्माणका लागी सहुलियत दरमा काठ उपलव्ध गराउन बन मन्त्रालयसहित सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

भूकम्प प्रभावित जिल्लामा काठको अभावमा सर्वसाधरणले घर बनाउन नसकेको गुनासो आइरहेको बेला प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेले बनसचिव प्रकाश माथेमा, बन बिभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पाेरेशन अफ नेपालका महाप्रबन्धक राजु लौडारीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा पोखरेलले भूकम्प पिडितका लागि सहुलियतमा दिने भनिएको काठ बितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

छलफलमा सहभागी अधिकारीले आवश्यक गृहकार्य गरि जतिसक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलव्ध गराउन पहल गरिने बताएका थिए ।

पोखरेलले जिल्लामा टिसिएन समितिलाई आफ्नो शाखा बिस्तार गरेर भएपनि प्रभावकारी रुपमा सहुलियत दरको काठ बितरण गर्न निर्देशन दिए ।