४ साउन, रुपन्देही ।

नेपाल आयल निगमले भूमाफियासँगको मिलेमतोमा भलवारी डिपोलाइ स्थानान्तरण गर्न खरीद गरीएको जग्गामा ठुलो रकम भष्ट्राचार गरेको पाइएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ को घनाबस्ती र ६ लेन सडकको किनारमा रहेको भलवारी डिपोमा तेल भण्डारण क्षमता बढाउनका लागि भौतिक पुर्वाधार थप गर्न नमिल्ने भएपछि निगमले डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार निगमले ओमसतिया गाँउपालिका ४ र ५ मा पर्ने रोहिणी नदी किनारमा १४ बिगाह ७ कठ्ठा १४ धुर जग्गा लिएको छ । निगमले १२ जनाबाट असार २८ गते लिखित पास गरी कुल ३१ करोड ४० लाख ७९ हजार २० रुपैँयामा खरीद गरेको बताएको छ ।

१ सय ४ वटा कित्तामा बिभाजित सो जग्गा मध्ये दश वटा लिखित हरिप्रसाद पोख्रेलको नामबाट अधिकृत वारेसनामा मार्फत र दुइ वटा जग्गा धनीबाटै निगमका नाममा पास गरीएको मालपोत कार्यालय भैरहवाका सुचना अधिकृत दामोदर भण्डारीले बताए ।

निगमले लिएको सो जग्गाको खरीद मुल्य एकमुष्ट झण्डै साढे ३१ करोड देखाइएको छ । तर जग्गा बिक्रेता स्थानीयले भने त्यसको आधा मुल्य पनि पाएका छैनन । निगमले लिएको सो जग्गा मध्ये झण्डै आधा जमिन रोहीणी नदिको उकास क्षेत्र अर्थात खोला किनारको बाँझो जमिन पर्छ ।

बर्षौदेखि बाझो पल्टीएको नदिकिनारको जग्गा साढे दुइ लाख देखि साढे तीन लाख रुपैँया मुल्यमा आफुहरुले दलाललाइ बेचेको स्थानियहरु बताउछन छन् । । निगमको डिपो राख्ने भनिएको सो जमिन बाढीको उच्च जोखीम क्षेत्रमा पर्छ ।

हरेक बर्ष रोहीणीको कटान र डुवानले स्थानीय हैरान छन । त्यस्तै बेलहिया, भैरहवामा, भलवारी लगायतका स्थानमा यसअघिका मधेश आन्दोलनको प्रभाव शून्य भएपनि सो क्षेत्र भने ठप्प रहेको थियो ।

प्रेस विज्ञप्ति
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको नर्भिक इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मुटुमा केही समस्या हुनसक्ने देखिएको हुँदा यस अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र मौसूफ सरकारको पारिवारिक चिकित्सक डा. किशोर जंग राणाको सल्लाह बमोजिम आज मिति २०७४ साल श्रावण ४ गते नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोनरी एन्जियोग्राम गर्दा एउटा नसामा अवरुद्ध देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरियो । चिकित्सकको सल्लाह अनुसार मौसूफ सरकार केही दिन अस्पतालमा राज होइबक्सिने छ ।