१२ जेठ,काठमाडौं ।

नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघले एकतर्फी रुपमा ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा भोली बिहान ७ बजेदेखि ५ बजेसम्म भाडाका यातायात बन्द गर्ने निर्णय गरेको छ ।

प्रचण्डमाथि ३७ मुद्दा, सर्वोच्च अदालत नजाने

महासंघको आज बसेको बैठकले सरकारले आफूहरुको परामर्श विना नै ट्राफिक प्रहरीलाई १५ प्रतिशत कमिसन दिलाउन खोजेको निष्कर्ष निकाल्दै देशव्यापी रुपमा भाडाका यातायात बन्द गर्ने निर्णय गरेको हो ।

bus yatru-ko-bhid

फाइल तस्विर

महासंघका महासचिव सरोज सिटौलाले सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि बाँध्य भएर देशव्यापी रुपमा भाडाका यातायात बन्द गर्ने निर्णय गरेको बताउदै ट्राफिक प्रहरीको ज्याजतिको विरुद्ध निजी सवारी साधन धनीलाई पनि एकबद्धता जनाउन आग्रह गर्ने निर्णय गरेको बताए । उनले नेपाली हेडलाइन्ससँग भने–‘२५ रुपैयाँबाट एकै पटक २५ सय रुपैयाँ पुर्याउनु ठूलै कमिसनको खेल हो,हामी कानुन मान्न तयार छौ,तर कमिसनको खेलको विरोध गछौं ।’

बिराट कोहोलीले अम्पायरलाई झण्डै हात हालेनन् (तस्विर सहित)

महासचिव सिटौलाका अनुसार देशभर हाल साढे पाँच लाख भन्दा बढी सवारी साधन रहेका छन् । गृह मन्त्रालयले सार्वजनिक सवारीको साधन बन्द नगर्न यातयात व्यवसायीहरुलाई आग्रह गर्दै बन्द गराए कारवाही गर्ने चेतावनी दिएकोछ ।