१२ पुस, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब रिबन काट्ने कार्यक्रममा नजाने घोषणा गरेका छन् । आफैले गरेको प्रतिबद्धता विपरीत प्रचण्ड विगत एक महिनादेखि दैनिक रुपमा उदघाट्न र शिलान्यासमा हिडेको भन्दै चर्को आलोचना भएपछि अब उनले रिबन काट्ने कार्यक्रममा नजाने बताएका हुन् ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रचण्डले आफ्नो सचिवालयमा रहेका सदस्यहरुलाई रिबन काट्ने कुनै पनि कार्यक्रम नराख्न निर्देशन दिएको एक सचिवालय सदस्यले बताए । प्रचण्डको भनाई उदृत गर्दै उनले भने, ‘मैले प्रधानमन्त्री भएलगत्तै रिबन काट्ने कार्यक्रममा सहभागी हुन्न भनेको थिए, अहिले आफूले गरको प्रतिबद्धता भुल्दा विपक्षीलाई पनि आलोचनाको मसला भएको छ, जो सुकै रिसाउन तर रिबन काटने कार्यक्रम भो अब म जान्न ।’prachanda-udghatan

सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा प्रमुख प्रतिपक्षले एक महिनादेखि संसद चल्न दिएको छैन् । वार्ता र संवाद गर्नुपर्ने प्रधानमन्त्री नै दैनिक रुपमा रिबन काट्ने कार्यक्रममा सहभागी हुन थालेपछि उनको चर्को आलोचना भएको थियो ।

विपक्षी दल एमालेका अध्यक्ष केपी ओली त प्रचण्डले सलाई र कैची खल्तीमा हालेर हिडेको समेत भन्दै व्यङ्ग्य गरेका थिए । रिबन काट्न नहिड्ने बताए पनि राष्ट्रिय गौरवको आयोजनाको अनुगमनमा भने प्रचण्ड जाने बताएका छन् ।

यो पढ्नुस्।

ओलीले प्रचण्डलाई सोधे–खल्तीमा कैंची र सलाई बोकेर हुन्छ ?