१ मंसिर, काठमाडौं । काठमाडौंको ज्याठामा पिक अप भ्यान र मोटरसाइल ठोक्किँदा भएको दुर्घटना गएराति एक जना अमेरिकी नागरिकको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार अमेरिकन नागरिक ७० बर्षीय रोबर्ट ग्रोबर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइते ग्रोबरको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको महानगरिय प्रहरी बृत्त महाराजगंजले जनाएको छ ।

बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल सडक छेउमा रोकीराखेको बा १४ च ४९९६ नम्बरको पिक अप भ्यानमा ठोकिएको हो । मोटरसाइकल चालक नुवाकोट घर भई सामाखुशी बस्ने २२ वर्षिय अरुण सापकोटाको शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।