एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट खसाल्ने चेतावनी दिएका छन् । लागूऔषध तस्कर र प्रयोगकर्तालाई मारेर चर्चामा रहेका डुटर्टेले आफूले यसअघि पनि यस्तो गरेको समेत बताए ।

कसरी फर्कन्छ ज्ञानेन्द्र शाहको सत्ता ?

dutarte-president-philipins

उनले हत्या र बलात्कारको आरोप लागेका एक व्यक्तिलाई यसैगरी हेलिकप्टरबाट खसालेको स्वीकार गरेका छन् । ‘यदि कोही भ्रष्ट छ भने म त्यसलाई हेलिकप्टरमा राखेर मनिला लैजान्छुु र उडिरहेको हेलिकप्टरबाट खसालिदिन्छु, मैले यसअघि पनि यस्तो गरेको छु फेरि किन गर्न सक्दिन ?’उनको भनाई उद्यृत गर्दै अन्तार्रष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

बोल्ड दृश्यले सनसनी!

राष्ट्रपति भएको ६ महिनामै लागूऔषध विरुद्ध अभियान अभियान चलाएका डुटर्टेले अब आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय दबाबका बाबजुद लागूऔषध दुव्र्यसनीका नाममा फिलिपिन्समा डुटर्टेले ६ हजार भन्दा बढी मानिस मारिसकेका छन् ।