२५ असार, काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३ सय ३४ मध्ये अन्तिम परिणाम आउन बाँकी तीन तहको पछिल्लो परिणाम प्राप्त भएको छ ।

मतगणना चलिरहेका सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका सबैमा नेकपा एमालेको अग्रता यथावत छ । धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बा १३ हजार ४ सय ५० मतसहित अगाडि छन् । उनलाई पछ्याईरहेका काँग्रेसका तिलक राईले १० हजार ६ सय ३७ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जु भण्डारी १३ हजार ६ सय ३८ मत प्राप्त गर्दै अगाडि छिन् भने काँग्रेसकी श्यामा रेग्मीले १० हजार १ सय ४८ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै झापाको अर्जुनधारा नगरपालिकामा एमालेका हरिकुमार रानाले १३ हजार ७ सय ३८ र उपप्रमुखमा कमला खतिवडाले १२ हजार ७ सय १४ मतका साथ अग्रता कायम गरेका छन् । कांग्रेसका हेमराज खरेलले ९ हजार ५ सय ४९ र उपप्रमुख सरस्वती सिटौलाले १० हजार ४ सय ७१ मत प्राप्त गरेका छन् ।

कञ्चनपुरको पुर्नबासमा पनि एमालेका जीवनराम थापाले ५ हजार ६ सय २ मत सहित अग्रता कायम गरेका छन् । त्यस्तै उपप्रमुखमा पनि एमालेकै शारदा विष्टले ५ हजार ९ सय ३३ मत पाएका छन् । माओवादी केन्द्रका बीरबहादुर थापाले ४ हजार ९ सय ९० मतका साथ एमाले उम्मेद्वारलाई पछ्याइरहेका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकी सीता बिकले ४ हजार ८ सय १९ मत प्राप्त गरेकी छिन् ।