२३ फागुन, भक्तपुर ।

नेकपा एमालेका नेता एवं सांसद रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन् ।


रफत सञ्चार क्लवले भक्तपुरमा गरेको कार्यक्रममा नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताउँदै संविधान संशोधनभन्दा पहिले निर्वाचन गराउनुपर्ने बताए । निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनको भनाई थियो ।

उनले निर्वाचन अघि संविधान संशोधन कुनै पनि हालतमा नहुने जिकिर गरे । एमालेको मेची महाकाली अभियान देखेर केहि शक्तिहरु तर्सिएकाले अभियान बिथोल्न लागिपरेको उनको भनाई थियो ।

मुलुकलाई अराजनीतिक कुरीति तर्फ लैजान सरकारका प्रतिनिधिहरु लागिपरेको आरोप लगाउँदै अधिकारीले अभियानलाई कसैले रोक्न खोजेमा उनीहरु मुलुक नचाहाने तत्वाहरु सावित हुने बताए । अभियान विथोल्न खोज्नेहरु राष्ट्र र राष्टियताविरोध भएको उनको भनाई थियो ।

मधेशी मोर्चालाई थाती राखेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने उनले बताए ।