२० फागुन, काठमाडौं ।

भारत विहारका मुख्यमन्त्री नीतिश कुमारले मधेस आन्दोलनका बारेमा आफुले कमेन्ट गर्न नचाहेको बताएका छन् ।

आज विहान पशुपतिनाथको दर्शनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मधेस नेपालको आन्तरिक विषयमा भएकोले त्यसमा प्रतिक्रिया दिनु आवश्यक नभएको बताएका हुन ।

Nitish Kumar Pashupati

मधेस आन्दोलनमा समर्थन जुटाउन विहारका नेताहरुलाई पटनासम्म पुगेर फकाउने कोशिस गरिरहेको बेला विहारमै मुख्यमन्त्रीले मधेस मुद्दामा आफुले बोल्न आवश्यक नरहेको बताएका हुन् ।

नितिशले नेपाल र भारतको सम्बन्ध जनस्तरसम्म रहेकोले यसको ब्याख्या गर्न नसकिने भन्दै यो अझै सौहार्द पूर्ण बनाउनु पर्ने बताए ।

ज्योतिषको समय अनुसार देउवाको प्यानल घोषणा

नीतिश कुमारले नेपाल आएर गरेका ३ ट्वीट

कांग्रेसमा यहाँ नेर हुँदैछ वास्विक भिडन्त

नितिशले आफ्नो पहिलादेखिको पशुपतिनाथ दर्शन गर्ने चाहना नेपाली काग्रेसको महाधिवेशनले जुटाई दिएको बताउँदै आफू पशुपतिनाथसँग नेपालमा शान्ति कायम होस र दुई मुलुकको सम्बन्ध अझै प्रगाढ बनोस भन्ने कामना ब्यक्त गरेको बताए ।