२० माघ, वीरगञ्ज ।

तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलन जुन अवस्थामा छ त्यसै अवस्थामा जारि रहने बताएका छन् । वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा महन्थले माग पुरा नभएसम्म सिमामा धर्ना र आन्दोलन चलि नै रहने बताएका हुन् ।

वीरगञ्ज बाहेक अरु नाकाहरुको सवालमा सहर नजिकै बोर्डर भएकाले झडप विरोध र घाईते हुने अवस्था भएकाले खुकुलो बनाइएको उनको भनाइ छ ।

mahanta thakur

सबै जिल्लामा शान्तिपुर्ण विरोध, आमसभा मोर्चाको तर्फबाट भईरहेको दावी गर्दै महन्थले पहिला पनि राजतन्त्र हटाउन आन्दोन भएका हुन् पटक पटक सिथिल बनेर पुनः सफल भएको उदाहरण दिए ।

उनले देशकै ठुलो नाका बन्द रहेका कारण सरकारलाई दबाब रहेको भन्दै मधेशी जनताको माग पुरा हुने विश्वास समेत व्यक्त गरेका छन् ।

आन्दोलनलाई सफल बनाउन संयुक्त रुपमा विरोधका कार्यक्रमहरु तय भएको र यसलाई अझै सार्थक बनाउन पहल भईरहेको नेता ठाकुरले बताएका थिए ।