२० फागुन, जनकपुर।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राज्यले नसुनेपछि फेरि कडा आन्दोलन गर्ने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

जनकपुरमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहअध्यक्ष कर्णले अबको आन्दोलनले काठमाडौँ र मधेसबीचको खाडल बढेर जाने बताएका छन् ।

एक महिनाका लागि मोर्चा जनतामा गएर जागरण अभियान थालेकाले आन्दोलन स्थगित गरेको बताउँदै उनले यो अवधिभित्र सरकारले मधेसी मोर्चाको माग पूरा गरेन भने अबको आन्दोलन पहिलेभन्दा पनि सशक्त हुने बताए ।

उनले मधेस आन्दोलन समाप्त नभएको बरु विराम मात्र लिएको छ, यो विरामको अवधिमा सरकार सुध्रिएन भने एक महिनाभित्र कडारुपमा आन्दोलन हुनेछ भने ।

मधेसको माग पूरा नभएसम्म मधेसी मोर्चाको कुनै घटक सरकारमा नजाने स्पष्ट पारे । रासस

यो पनि पढ्नुस्।
कांग्रेस महाधिवेशन उद्घाटनमा मधेशी दल अनुपस्थित
नेपालीसँग नाकाबन्दीका लागि क्षमा चाहन्छौं – विजय प्रताप
भारतीय नेताले खुल्ला मञ्चमा भने- नाकबन्दी नाजायज थियो