८ वैशाख, काठमाडौं ।
मधेसवादी ६ दलबीच पार्टी एकता भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्तामा बोलाएका छन् । मधेसी मोर्चाले आन्दोलन घोषणा गरेपछि पहिलो पटक पुनः प्रचण्डले मोर्चालाई वार्तामा बोलाएका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ८ बजेको लागि वार्तामा बोलाएको प्रचण्डको सचिवालयले बताएको छ । विहिवार नै छलफल गर्ने कार्यक्रम थियो उहाँहरुको पार्टी एकताको कारण स्थगित भएको हो, सचिवालयका एक सदस्यले भने,‘मोर्चालाई निर्वाचन अघि नै सहमतिमा ल्याउनको लागि मोर्चासँग प्रधानमन्त्रीले छलफल गर्न लाग्नु भएको हो ।’

मधेसी मोर्चाले सीमाकंन हेरफेर नगरी सहमति हुन नसक्ने बताएको छ भने प्रधानमन्त्री प्रचण्डले अधिकार सम्पन्न संघीय आयोग गठन गर्ने र तीन विषय भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा संविधान संशोधनन गरेर जाने तयारी गरेका छन् । बुधवार बसेको पाँच दलको बैठकले मधेसी मोर्चा निर्वाचनमा सहभागी भए दुई चरणमा निर्वाचन गर्न सकिने निर्णय गरेको थियो ।