१४ वैशाख, काठमाडौ।

सहमति अनुसार सरकार अगाडी नबढेको भन्दै मधेसी मोर्चाले पुन: आन्दोलन थाल्ने चेतावनी दिएपछि सहमतिको लागि प्रधानमन्त्री ‘प्रचण्ड’ले वार्ता थालेका छन्।

उनले अहिले १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाका नेताहरुलाई बोलाएका छन्। सरकारले तराईका ११ जिल्लामा जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या बढाउन पत्रचार गरेको थियो। तर, एमालेले संसद चल्न नदिएपछि सरकारले दुइ दिनमै आफ्नो निर्णय सच्याएको थियो। सरकारले भद्र सहमति गरेर धोका दिएको भन्दै मधेशी मोर्चा आन्दोलनको गृहकार्यमा जुटेको छ।

मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रचण्डले फेरि वार्ता थालेका हुन।

यो पढ्नुस्।

सरकारको गोप्य पत्र भेटेपछि एमालेले चाल्यो यस्तो कदम

गोप्य पत्र फिर्ता भएपछि ओलीको गोप्य प्लान