१० वैशाख, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा सहभागी हुने भएको छ । वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व हस्तन्तरण गरे लगत्तै बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा मधेसी मोर्चा सहभागी हुने भएको हो ।

यो पढ्नुस्: प्रचण्डले जेठ २ गते सरकार छोड्दै !

किन झस्कियो एमाले ?

राष्ट्रिय जनता पार्टीका नेता केशव झाले नेपाली हेडलाइन्ससँग भने,‘देउवा नेतृत्वको सरकारमा मधेसी मोर्चा सहभागी हुन्छ ।’

तीन बुँदे सहमति अुनसार प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सहमति पालना नभएको भन्दै आठ महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर सरकारले मोर्चाको चाहना अनुसार संविधान संशोधन विधेयक पेश गर्न सहमति जनाएपछि अन्ततः मधेसी मोर्चाले पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

यो पढ्नुस्।

देउवाको ठाडो निर्देशनमा अन्ततः यसरी झुके निधि