१० असार, काठमाडौं । पूर्वी नेपालबाट भित्रिएको मनसुन मध्य क्षेत्रमा पनि सक्रिय हुंदै गएको छ ।

यही जुन १२ अर्थात जेठ २९ देखि पूर्वी नेपालबाट निकै कमजोरु रुपमा भित्रिएको मनसुन विस्तारै सक्रिय हुँदै जान थालेको हो । मनसुन सकृय हुंदै जाँदा बिहान र अपरान्हपछिको मौसम बदली भई क्षणिक बर्षा हुने र दिउँसो केहीवेर मौसम सफा भई घाम लाग्ने गरेको छ ।

अहिलेपनि ताप्लेजुङ्ग, धनकुटा, सहित काठमाण्डौं र पोखरादेखी पश्चिम भेगमा क्षणीक बर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुकुम रोल्पा, दाङ, सुर्खेत लगायत विशेषगरी पहाडी क्षेत्रमा क्षणिक बर्षा गराउने प्रणाली सकृय रहेको र काठमाण्डौंमा पनि खण्डबृष्टि भईरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार यो क्रम भोलीसम्म रहनेछ र पर्सिदेखि मनसुन अझ सकृय भई अधिकांस भागमा पानी पर्नेछ ।