१० पुस, काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको खरिद मूल्य तोकेको हो । अब उद्योगीले किसानबाट प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा दिएर उखु खरिद गर्नुपर्नेछ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य कायम गरिएको बताए । यो मूल्य निर्धारणपछि किसान र चिनी उद्योग किसानहरुले धेरै अलमलिनु् नपर्ने मन्त्री बाँस्कोटाको भनाई छ ।

ukhu

सरकारले उखुको मूल्य तोकेपनि किसानहरुले भने गतवर्षकै उखुको मूल्य पाएका छैनन् । गतवर्ष पनि उद्योग मन्त्री, उद्योगी र किसानहरुले पटकपटक वार्ता बसेपनि किसानहरुले उखुको मुल्य नपाएको गुनासो गरेका छन् । उद्योगीहरुले सरकारले दिएको निर्देशन अटेर गर्दै आएको छ ।