९ फागुन, काठमाडौं । मन्त्रीपरिषदको बैठक अहिले फेरि बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो चरणको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले बताए । बैठकमा निर्वाचनको मिति तोक्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि विहान बसेको बैठकले संविधान संसोधन विधयेक अघि बढाउने निर्णय गरेको थियो भने दोस्रो बैठकले १४ देशमा राजदुत नियुक्तीको सिफारिस गर्ने निर्णय गरेको थियो ।