२७ चैत, काठमाडौं ।
उपप्रधानमन्त्रीको वरियतामा विवाद बढ्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन सातादेखि मन्त्रीपरिषद्को बैठक राख्न सकेका छैनन् । दोस्रो वरियतामा कमल थापालाई नै उपप्रधानमन्त्री बनाउने सहमति भएपनि उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकार छोडने चेतावनी दिएपछि प्रचण्ड अपठ्यारोमा परेका छन् ।

मन्त्रीपरिषद्को बैठक बस्न नसक्दा, प्रहरीको आइजिपी नियुक्ति, मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनको लागि तयार गरेको संविधान संशोधन विधेयक अगाडि बढ्न सकेको छैन् ।

उपप्रधानमन्त्री निधिले राजिनामा पनि नदिने र मन्त्रीपरिषद्को बैठकमा पनि सहभागी नहुने अडान लिएपछि प्रचण्ड थप अन्यौलामा परेका छन् । कांग्रेस सभापति राजधानी फर्किएपछि सहमति जुटाएर मात्र मन्त्रीपरिषद्को बैठक बोलाउने तयारीमा प्रधानमन्त्री रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

यो पढ्नुस्।

विधेयक दर्ता गर्नु अघि ठोस प्रस्ताव आउनुपर्छः मोर्चा