५ फागुन, काठमाडौं । पूर्व उपसभामुख शिवमायमा तुम्बाहाङ्फेलाई सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाउने भएको छ । उनले आजै दिउँसो ३ बजे राष्ट्रपतिबाट सपथ लिने तयारी छ ।

उपसभामुखबाट राजीनामा दिन नमानेकी उनलाई सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बनाउने आश्वासन दिएका थिए । मन्त्री बनाउने पक्का भएपनि कुन मन्त्रालय दिने भन्ने पक्का भएको थिएन । आजै उनलाई कानुन मन्त्रालय दिने निर्णय भएको हो ।

यसअघि कानुन न्याय तथा संसदीय मामिलामन्त्रालयको जिम्मेवारी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हालेका थिए । उनले राजीनामा दिएसँगै अहिले स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकालले नै कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।