१५ असोज, काठमाडौं । परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महत मन्त्री भएपछि दुई पटक विदेश गएर फर्किए ।

भारतलाई पाकिस्तानको धम्कीपछि अमेरिकाले मुख खोल्यो

दुबै पटक उनले विमानस्थलमा तनाव व्यहोरेका छन् । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको पूर्व सन्ध्यामा भारत गएर फर्किने क्रममा नेपाल एयरलायन्सको बिमानको टायर पड्किएर ठूलो दुर्घटनाबाट जोगिएको थियो । त्यतिबेला महत नेपाल बायुसेवा निगमका पदाधिकारीसँग निकै आक्रोशित भएका थिए ।

पाकिस्तानमा भारतीय च्यानलमा पनि प्रतिबन्ध लाग्यो

त्यसपछि प्रधानमन्त्री सँगै भारत गएका परराष्ट्रमन्त्री महत संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन उतैबाट अमेरिका पुगे । अमेरिकाबाट आज विहान फर्कने क्रममा पनि उनले फेरि तनाव ब्यहोर्नुपर्यो । परराष्ट्रमन्त्री महत चढेको टर्कीस एयरको विमान नेपाली आकाशमा प्रवेश गरेर अवतरण गर्ने बेला विमानस्थलको धावन मार्ग ममर्तका लागि भन्दै एक् घण्टा विमानस्थल बन्द भयो ।

तीन कारण सहित तीन फोटो जसले बताउँछ- रेखा किन अझै नम्बर १ ?

कतिपय विमानलाई अन्यत्रै डाइभर्ट गरियो भने मन्त्री महत चढेको विमानले नेपाली आकाशमै एक घण्टा फन्को मारिरह्यो । विहान साढे ६ बजे अवतरण गर्नुपर्ने विमान ८ बजे मात्रै अवतरण गरेको थियो ।