एजेन्सी ।

प्रेममा मान्छे के–के मात्रै गर्दैनन् । यस्तै, ब्राजिलको ‘साओ पाउलो’ शहरमा बस्ने २४ बर्षीया जेनिफर पैम्पलोनाले प्रेमका लागि आफ्नो रुप परिवर्तन् गरिन् ।

मोडलिङ गर्दै आएकी जेनिफरले आफ्नो प्रेमीको इच्छा पूरा गर्न पुरै रुप नै परिवर्तन गरेकी छिन् । क्यान्सरको कारण सन् २०१५ मा मृत्यु भएका प्रेमी ‘सेल्सो सेन्टेबन्स’ जेनिफरलाई मानव बार्बी डल बनेको हेर्न चाहान्थे ।

जेनिफरले भनिन्, ‘उनको मृत्युले म निकै दुःखी छु । मैले उनको इच्छा पूरा गर्ने निर्णय गरे अनि सर्जरी सुरु गरे ।’ आफुले धेरै पटक सर्जरी गरेको उनी बताउँछिन्। अब उनी बार्बी डल जस्तै देखिन थालेकी छिन् ।

जेनिफरले सर्जरीका लागि अहिलेसम्म ६७ लाख बढी खर्च गरिसकेकी छिन् । अब उनलाई अमेरिकी मोडल किम कार्दशियनभन्दा ठूलो ‘बट’(नितम्ब) बनाउने इच्छा छ । चिकित्सकहरुले उनको शरीर त्यस्तो बन्ने खालको नभएकाले कुनै पनि खतरा नमोल्न बताएका छन् ।

उनी भन्छिन्, ‘सामान्यतया केटीहरु सपिङ गर्ने, ब्याग, जुत्ताआदि किन्ने सौख हुन्छ, तर मलाई भने डाक्टर कहाँ गएर सर्जरी गर्न मनपर्छ ताकि मेरो शरीर ‘परफेक्ट’ देखियोस् ।