२६ माघ,काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले आफू नेतृत्वमा पुगे पार्टी राम्रोसँग चलाउने दावी गर्दै पार्टी नेतृ्त्वको आलोचना गरेका छन् ।

नेपाली कांग्रेसले समयमा निर्णय गर्न नसक्दा पार्टीले ठूलो घाटा व्यहोर्नु परेको भन्दै देउवाले सभापति सुशील कोइरालाको आलोचना गरेका हुन् ।

Sher Bdr Deuwa

नेपाली कांग्रेस काठमाडौंको १३ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले आफूलाई नेतृत्व दिनु पर्ने बताए । भूकम्पको वेला समयमा पार्टीले निर्णय दिन नसकेर प्राधिकरण गठन एमालेको पोल्टामा गएको र राजदुत नियुक्तिको मौका कांग्रेसले गुमाएको देउवाको भनाइ थियो ।

‘सविधान सभामा २६ सदस्यको नामावाली मनोनित गर्न नसक्दा पार्टीले ठूलो घाटा व्यहोर्नुपर्यो’ देउवाले अगाडी भने ‘त्यतिवेला हाम्रो गल्ति भयो के गर्ने त्यसै कारणले गर्दा निर्णय गर्ने क्षमता चाहिन् , निर्णय गर्न नसक्दा यस्तै हुन्छ।’

बीरगन्ज नाका खोल्दा मधेशवादी दल लगायत भारत सरकारलाई धन्यवाद दिदै उनले आफ्नो नेतृत्वमा कांग्रेस भएको भए मधेशको समस्या र सीमांकन लगायतका सवै समस्या हल गर्ने दावी गरे ।