एजेन्सी।

बोल्ड चलचित्र ‘मस्तिजादे’मा चाँडै नै देखिन लागेकी बलिउड अभिनेत्री ‘सन्नी लियोनी’ले उनलाई चलचित्रका निर्देशक ‘मिलाप जावेरी’ले फिल्मको सेटमा एकदमै सहज र ढुक्क महशुस गराएको बताएकी छिन्।

“हरेक कलाकारको आफ्नै ‘गर्न हुने र गर्न नहुने’ सिद्धान्त हुन्छ, र मस्तिजादेमा धेरैजसोको ‘गर्न नहुने सिद्धान्त’ थियो। तर मिलाप र म सँगै बस्यौँ अनि हामीले के गर्न सक्छौँ भन्ने बारे छलफल गर्यौँ। उनले मलाई एकदमै ढुक्क महशुस गराएका थिए। मस्तिजादेमा जस्तोसुकै दृश्यको सुट गरेपनि ‘म गलत छुइन’ भन्ने महशुस गरेँ र मप्रति मानिसहरूको प्रतिक्रियाको बारेमा मलाई कुनै चिन्ता छैन।”, सन्नीले भनिन्।sunny-leone

प्रितिश नन्दि र रन्जिता प्रितिश नन्दिले निर्माण गरेको मस्तिजादे यही जनवरी २९ मा रिलिज हुनेछ। यस चलचित्रमा तुसार कपूर र विर दासले पनि अभिनय गरेका छन्।

सन्नी भन्छिन्, “मप्रति मानिसहरूको विभिन्न हेराइ रहेको छ, तर त्यसलाई म कुनै वास्ता गर्दिनँ। यदि मानिसहरूले मैले स्क्रीनमा जे पनि गर्न सक्छु भन्ने ठान्छन् भने, त्यो उनीहरूको लागि सामान्य कुरा हो। यसको बारमा म केही गर्न सक्दिनँ। कलाकार भएर कुनै कुरामा सीमा छुट्याउनु भनेको नयाँ कुराको बारेमा खोज्नको लागि आफैलाई प्रतिबन्ध लगाएजस्तै हो।”

बोल्ड चलचित्र ‘मस्तिजादे’को ट्रेलर भिडियो हेर्नुहोस्-

यो पनि हेर्नुहोस्-
सन्नी लियोनले सार्वजनिक गरिन् सेन्सर नगरिएको भिडियो (भिडियो सहित)
सन्नी लियोनीको सबैभन्दा बोल्ड चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)
सलमानलाइ मुटुको विशेष ठाउँ दिएकी छु: सन्नी