काठमाडौं ।
प्रमुख राजनीतिक दलले ल्याएको संविधानको मस्यौदाप्रति मधेसवादी दलहरुले चर्को विरोध गरेका छन् । मस्यौदामा नामाकंन र सीमाकंन विनाको संघीयता स्वीकार गर्न नसक्ने र मधेसको मुद्दा मस्यौदामा समावेश गर्न नसकेको भन्दै मधेसवादी दलहरुले संविधानसभा समेत बहिष्कार गरेका छन् ।

चार दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउंदै मधेसवादी दलहरुले खुलेआम रुपमा भारतीय राजदुर रञ्जित रेसँग भेट गरेको विषयले निकै चर्चा पाएको बेला सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रचण्ड ओली र कोइरालाले राजदुत भेटन हुँदा आफूहरुले भेटन नहुने ? भन्ने प्रश्न गरेका छन् । उनले अन्तिम अवस्थामा पनि संविधानको मस्यौदामा मधेसको मुद्दा सम्बोधन नभए काठमाडौंलाई दानापानी बन्द गर्नेसम्मको चेतावनी दिएका छन् ।

Mahato Interview  (2)

काठमाडौंलाई दानापानी बन्द
महतोले संविधानको अन्तिम मस्यौदामा समेत मधेसको माग नसमेटिए दानापानी रोक्छौ । हामीले संविधानसभा र काठमाडौ छाड्ने निर्णय गरेर अरु दलहरुलाई पनि प्रस्ताव राखिसकेको छौ ।

अब हुने मधेस आन्दोलन नेपालको ईतिहासमा कहिल्यै नभएको आन्दोलन हुन्छ । अन्तिम मस्यौदासम्म कुर्छौ । त्यसमा पनि हाम्रो भावना संबोधन भएन भने संविधानसभा त्यागेर काठमाडौको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी काठमाडौको दानापानी बन्द हुने गरी नाकाबन्दी गर्छौ ।

Mahato Interview  (1)

हामीलाई भारतको समर्थन
हाम्रो आन्दोलनमा भारत लगायत सारा दुनीयाँको समर्थन रहन्छ । भारत विगतका सहमति र सम्झौता अनुसार संविधान बन्नु पर्छ भन्नेमा स्पष्ट छ । सारा दुनियाँको आग्रहमा भारतले मधेस आन्दोलनलाई सम्झौतामा टुङग्याउन मध्यस्त गरेकोले सो सहमति अनुसार नभएपछि सम्झाउन भारतीय दुतावास गएका हौ । हामीलाई सम्झौतामा जानु पर्‍यो भनेर भारत आएको थियो । उनीहरु साक्षी किनारामा बसेका थिए । अहिले संघीयता र स्वायतत्ता नदिने भनपछि हामीले के गर्ने ? राजदुत रेले आफूहरुको मध्यस्थमा भएको सम्झौत बारे जानकार रहेको र संविधानको मस्यौदा सहमति अनुसार नआएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमतिमै संविधान जारी गर्न पटक पटक भनेको कुरा स्मरण गराए ।

भारत विगतका सहमति अनुसार संविधान जारी हुनु पर्नेमा स्पष्ट छ । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भारतीय दुतावास र दिल्ली जान हुने हामी भारतीय दुतावास जान नहुने ?

बेइमान चार दल
अहिल नै सीमाङकन सहितको संघीयता संविधानमा नल्याए कहिल्यै पनि संघीयता आउदैन र्। चार दलले जवरजस्ती लागु गर्न खोजे पनि त्यस्तो संविधान लागु हुँदैन । मस्यौदाले मधेसमाथि संबैधानिक कू गरेको छ । बेईमान दलहरुले मुलुकलाई राष्ट्रघात तर्फ लगेका छन् । यो राम्रो काम भइरहेको छैन । अहिलेकै मस्यौदा अनुसार संविधान बने मधेसलाई ५० वर्ष पछाडि धकेल्ने र मधेस आन्दोलनका सबै उपलब्धि समाप्त हुन्छ । सिमाङकन कोर्न नसक्ने संघीयता कुन ग्रहको मानिस आएर कोर्छ ?

all leaders meeting

मधेसमाथिको षडयन्त्र
मस्यौदाले मधेसी जनताको चाहना अनुसारको जनसंख्याको आधारमा प्रतिनिधित्व हुन सकेको छैन । विदेशबाट विवाह गरेर आएकाका सन्तानले अंगिकृत नागरिकता पाउने ब्यवस्थाले मधेसीहरु कहिल्यै पनि प्रधानमन्त्री, राष्ट्रपति, न्यायधिस र संबैधानिक आयोगका प्रमुख बन्न नसक्ने गरी षडयन्त्र गरिएको छ । बाहिरबाट आएका नेपाली मुलकलाई बंशजको आधारमा नागरिकता दिने ब्यवस्था गरेपछि अब नेपाल पहाडियाको मात्र मुलुक हो भनेर घोषणा गर्न मात्र बाँकी छ ।