३ माघ, काठमाडौं ।

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई काठमाडौं ‌ओर्लिनासाथ कालो झण्डा देखाइएको छ । महतो काठमाडौं ओर्लिनासाथ उनी विरुद्ध चर्का लगाउँदै युवा संघ नेपालका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

महतो विमानस्थलबाट निस्किने समयमा “राष्ट्र विखण्डनकारी मुर्दाबाद”, “विदेशी दलाल होसियार”, देश टुक्राउन पाइँदैन’ जस्ता नारा लगाइएको थियो ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै कालो झण्डा देखाउने तयारीका साथ युवा संघका कार्यकर्ताहरु बसेका थिए ।

rajendra Mahato Kalo Jhanda 1 मधेसको माग पूरा नभएसम्म काठमाडौं नफर्किने अडान लिएका भएपनि लाचार भएर काठमाडौं ओर्लिन लागेका महतोले आउनासाथ आफ्नो स्वास्थ्य अवस्था र मधेश आन्दोलनको आगामी कार्यक्रमबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने सदभावना महासचिव मनिष कुमार सुमनले जानकारी दिएका छन् ।

rajendra Mahato Kalo Jhanda

काठमाडौं आए लगत्तै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्ने छन् । महतो र ओलीबीच साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भैसकेको छ।

महतोले काठमाडौं आउनासाथ पत्रकार सम्मेलन गर्ने

महतो फर्किनासाथ महन्थ ठाकुर दिल्ली जाँदै