२८ असोज, काठमाडौं ।

लामो विवाद र बहसपछि अन्ततः एमाओवादीले कृष्णबहादुर महरालाई पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाउने भएको छ । आज बसेको पार्टी बैठकल एमाओवादी महासचिव कृष्णबहादुर महरालाई गृहमन्त्री र ओनसरी घर्तीलाई सभामुख बनाउने सहमति गरेको हो ।

प्रचण्डले पार्टीबाट मन्त्रीको नाम दिन ढिला गरेपछि ओलीले प्रचण्डलाई फोनमै झपारेका थिए । टोपबहादुर रायमाझीलाई गृहमन्त्री सहित उपप्रधानमन्त्रीमा पठाउने कुरा चलिरहेको समयमा ओलीले प्रचण्डलाई फोन गरेर सरकारमा मर्यादाक्रम मिलाउन पनि महराको नेतृत्वमा पठाउन सुझाव दिएको लाजिम्पाट श्रोतले जनाएको छ ।

KP Oli Prachanda

ओलीले प्रचण्डलाई ‘तपाइँले किन लिङ्गरिङ गरेको, किन निर्णय गर्न नसकेको, किन निर्णय लिन नसकेको भनेर थर्काएको श्रोतले जानकारी दियो । ‘टोप बहादुर जीलाई उपप्रधानमन्त्री दिन सकिन्छ ? मैले मेरै पार्टीमा नेतालाई कसरी मर्यादाक्रम मिलाएर मन्त्री दिने ?’ भनेर पनि ओलीले प्रचण्डलाई फोनमै सम्झाएका थिए । महरालाई सरकारमा पठाउँदा सरकारको बनोट पनि मजबुद हुने भन्दै ओलीले महरालाई पठाउन जोड गरेपछि प्रचण्डले ओनसरीलाई सभामुख दिएर पार्टी भित्रको दवाव साम्य पारेको बताइएको छ ।

प्रचण्डले आफ्नो पार्टीको समस्या हुने बताउँदा ओलीले महरालाई पठाउन कठिन परेको भन्दा ओलीले नडराइकन निर्णय लिन र छिटो निर्णय लिन भनेका थिए ।

mahara

पार्टी भित्र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ देखि वर्षमान पुन सम्मले महरालाई उपप्रधान तथा गृह दिएर जाने कुरामा अवरोध गर्न खोजेपछि प्रचण्ड समस्यामा परेका थिए । तर पुनको अडान अनुसार ओनसरी घर्तीलाई सभामुख बनाउन प्रचण्ड तयार भएपछि कुरा मिलेको थियो ।

बैठकस्थलमा रहेका टोपबहादुर रायमाझी भने गृहमन्त्री नपाउने भएपछि सरकारमै नजाने भन्दै रिसाएर बैठकबाट उठेको बताइएको छ ।