२५ चैत, काठमाडौं ।

३ दिने आमहडताल फिर्ता लिएपछि एमाओवादी गम्भिर संकटमा परेको छ । यही निर्णयका कारण ३० दलीय मोर्चामा दरार आएको छ भने पार्टी भित्र कार्यकर्ता र नेता स्तर सम्मै ब्यापक असन्तुष्टी देखिएको छ ।

Maobadi ma radako

आमहडताल फिर्ता लिएपछि प्रचण्ड देखि शीर्ष तहका नेताका छोराले समेत नेतृत्वको आलोचना गरेका छन् ।

यसैबीच एमाओवादी महासचिव कृष्णबहादुर महराका छोरा एवं पूर्व जनमुक्ति सेनाका लडाकु निर्मल महरा एटमले पनि पार्टीले आमहडताल फिर्ता लिएपछि कडा स्ट्याटस लेखेका छन् ।

उनले अव एमाओवादीका कार्यकर्ताले विप्लवलाई साथ दिए राम्रो हुने समेत लेखेका छन् ।

यस्तो छ उन्को स्ट्याट्स
इतिहासमा जब तानाशाहहरु जन्मिन्छन, अनि अतिबादको उदय हुन्छ, उनीहरुको (काङ्ग्रेस, एमालेको)एजेन्डामै सहमति गरौ भनेर अध्यक्ष कमरेड प्रचण्डले प्रस्ताव राख्दा पनि उनीहरु सहमति गर्न नमान्ने भनेको कुरो अब सामान्य रहेन, सत्ताको लोभले उनीहरु यती क्रूर र तानाशाही बन्दै छन कि अब माओवादी नै चाहिदैन र पेलेरै ठिक गर्न सकिन्छ ठिक आज परिवेश ०५२ तिर घुम्दै छ त्यसैले अब हामी पनि अर्को अतिको खोजीको बाटोमा जानू पर्ने अबस्था आउदै छ, त्यो भनेको रणनैतिक प्रत्याक्रमण हो, हेपिएर उनीहरु(काङ्ग्रेस एमाले) संग बस्नु भन्दा बरु आफ्नै (बिप्लब)लाई साथ दिनु राम्रो होइन र !

mahara son status

यस अघि पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल, नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुन लगायतले नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

हेर्नुस्ः
एमाओवादीमा छोराहरुले गरे बाउविरुद्ध विद्रोहः प्रचण्डका छोरा देखि पासाङका छोरा सम्म