गल्ती भो,कारर्वाही सहन तयार छु: शर्मा

६ कात्तिक, काठमाडौं ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र नै अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि दर्ता भएको महाभियोगको प्रस्ताव पारित गर्ने नगर्ने निर्णय गर्न डराएको छ । आफ्नै पार्टी र एमालेका १५७ जना सांसदले हस्ताक्षर गरेर संसद सचिवालयमा प्रस्ताव दर्ता गराएपनि माओवादीले निर्णय लिन सकेको छैन् ।mao-meet

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि माओवादीले महाअभियोगको बारेमा निर्णय लिन सकेन । महाअभियोगको बारेमा निर्णय लिने अधिकार बैठकले अध्यक्ष प्रचण्डलाई दिएको छ ।

महाअभियोगको प्रस्तावको बारेमा निर्णय लिन बसेको बैठकमा नेताहरुबीच विवाद भएपछि प्रचण्डलाई जिम्मा दिएको एक नेताले बताए । ‘बैठकमा अधिकाशं नेताहरुले प्रस्तावको पक्षमा निर्णय गरेर जाऔँ भनेर सुझाव दिए, तर अध्यक्ष डराउनु भो’ ती नेताले भने,‘बैठकमा सडक र संसद दुबैतिरबाट प्रस्तावको पक्षमा महोल बनाउने निर्णय भएको छ ।’

गल्ती भो कारवाही सहन तयार छुः जनार्दन

उर्जा मन्त्री समेत रहेका नेता जनार्दन शर्माले महाअभियोग प्रस्ताव दर्ता गराउने नेतृत्व आफूले गर्ने क्रममा केही गल्ती भएकाले कारवाही भोग्न तयार रहेको बताएका छन् ।

बैठकमा पार्टीभित्र पर्याप्त निर्णय नै नगरी सरकारलाई नै अपठ्यारो पार्ने गरी प्रस्ताव दर्ता गराएको भन्दै शर्मामाथि प्रश्न गरेका थिए । शर्माको भनाई उदृत गर्दै एक नेताले भने,‘मैले नेतृत्व नगरेको भए यो माहौलो बन्दैनथ्यो, ढिलोचाँडो प्रस्ताव दर्ता गराउनु नै पर्ने थियो, यसले एउटा जनमत बनाएको छ, प्रक्रियागत रुपमा म बाट गल्ती भएको छ, पार्टीले जे कारवाही गर्छ सहन तयार छु ।’

यो पढ्नुस्।

महाअभियोग प्रकरण: गोबिन्द केसीको निशानामा काँग्रेस र भारत

संसदको ब्याक गियर छैन, महाअभियोग पारित हुन्छ: ओली

देउवाले लोकमान महाअभियोगबारे ढाँटेको खुलासा