१३ भदौ, भीमदत्तनगर।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र महाकाली नदीमा पक्की पुल निर्माणको थालनी हुने जानकारी दिएका छन् ।

आजदेखि सुरु भएको नेपाल इँटाउद्योग महासङ्घको नवौंँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताए । “ त्यसलाई अर्थ मन्त्रालयबाट भारत पठाउने काम हुँदैछ ”, उनले भने ।

अर्काे प्रसङ्गमा उनले अबको १५-१६ महिनामा तीन वटै तहको निर्वाचन गराउन सरकार गम्भीर भएर लागेको बताए । रासस