२९ साउन, काठमाडौं । महान्यायाधीवक्ता रमण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।

श्रेष्ठलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधीवक्ता नियुक्त गरेका थिए । प्रचण्डले राजीनामा दिएपछि पनि पदमै रहेका श्रेष्ठले आज अचानक राजीनामा बुझाएका हुन् ।

यसअघि सरकार फेरिएलगत्तै महान्यायाधीवक्ताले राजीनामा दिने प्रचलन रहेपनि श्रेष्ठले दिएका थिएनन् । महान्यायाधीवक्त नेपाल सरकारका कानुनी सल्लाहकार रहनेछन् ।